काठमाडौं, ११ मंसिर । जिल्ला सुरक्षा समिति मुस्ताङको बैठकले चिनियाँ सिमानामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना गर्ने निर्णय गरेको छ ।
मुस्ताङस्थित चिनियाँ सिमाना कोरला नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी स्थापना हुने भएको छ ।
सीमा सुरक्षाका लागि लोमान्थाङ गाउँपालिका –१ नेचुङमा बीओपी स्थापना गर्न लागिएको हो ।
मंसिरभित्र नेचुङमा बीओपी स्थापना गर्ने र सीमामा प्रहरी निरीक्षकको नेतृत्वमा ३५ सशस्त्र प्रहरीको टोली खटिनेछ ।
तपाईको प्रतिक्रिया