झापा, ६ फागुन । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले झापा जिल्लाको अर्जुनधारा नगरपालिका १० स्थित कालीझोजबाट चोरीपैठारीको मोटर पार्टस तथा किराना सामान बरामद गरेको छ ।
एपीएफ टोलीले मे १ च ३७७२ नम्बरको कारलाई शंका लागि जाँच गर्दा अवैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उल्लेखित सामान फेला परेपछि उक्त सामानसहित कार समेत बरामद गरिएको छ ।
त्यसवेला सामान ल्याउने व्यक्ति कार छाडी भागी फरार भएका थिए । बरामद सामान तथा कारको भन्सार दाखिला मुल्य ७ लाख १६ हजार ५ सय ३० रुपैयाँ रहेको छ ।
तपाईको प्रतिक्रिया