धनुषा, ६ असोज । जिल्लाको शहिद नगरपालिका ३ स्थित यदुकुवा र सोही जिल्लाको जनकपुर उपमहानगरपालिका १६ स्थित कपिलेश्वरबाट एपीएफ टोलीले चोरीपैठारीको लत्ताकपडा तथा खाद्यन्नका बरामद गरेको छ ।
ज १० प १५८८ र ज १३ प १७६२ नम्बरको दुई वटा मोटरसाइकमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल राजश्व भन्सार सुरक्षा बेश धनुषाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
त्यसेवला एपीएफ टोलीले उक्त सामान ल्याउन प्रयोग गरिएको दुई वटा मोटरसाइकल समेत बरामद गरेको छ ।
बरामद सामान तथा मोटरसाईकल एपीएफ टोलीले आवश्यक कारवाहीको लागि भन्सार कार्यालय धनुषामा बुझाएको छ । उक्त सामान तथा मोटरसाइकलको भन्सार दाखिला मुल्य चार लाख २२ हजार ८ सय ५० रुपैयाँ रहेको छ ।
तपाईको प्रतिक्रिया