चोरीपैठारीको सामान बरामद

समाचार

7/8/2019

पर्सा, २२ असार । जिल्लाको वीरगंज महानगरपालिका १६ रजत जयन्ती चोकबाट एपीएफ टोलीले करीब १ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल नम्वर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले उल्लेखित मुल्य बराबरको लत्ताकपडा, भाँडावर्तन, किराना सामान तथा ईलेक्ट्रोनिक सामान बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ