चोरीपैठारीको सामान बरामद

समाचार

6/26/2019

कैलाली, १० असार । कैलालीको भजनी नगरपालिका ७ चररा स्थित हिम्मतपुरबाट एपीएफ टोलीले करीब २ लाख ७२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको हार्डवेयर र फेन्सीसामान बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्वर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली र सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भजनी कैलालीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ