पर्सा, १ भाद्र । पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ स्थित रजत जयन्ती चोकबाट एपीएफ टोलीले करीव तीन लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, किराना सामान तथा मोटर पार्टस् सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बिरगञ्जमा बुझाएको छ ।
तपाईको प्रतिक्रिया