पर्सा, ११ असोज । पर्सागढी नगरपालिका–४ भेडाहा टोलबाट अवैध लागूऔषध गाँजा करिब ४ केजी सहित वीरगंज महानगरपालिका-३१ मिलनचोक नवका टोल बस्ने ५५ वर्षीय सम्सुदिन मियालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी मिलनचोकबाट संयुक्त रुपमा खटिएको टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया