वर्दिया, १६ फागुन । चोरी गरेको अभियोगमा गुलरीया नगरपालिका(६ भन्साररोड बस्ने २१ वर्षीय नुरुदिन सिद्धिकीलाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
गत मंगलबार साँझ गुलरीया नगरपालिका(६ डेरा गरी बस्नेबाँके नेपालगंज उपमहानगरपालिका(४ घर भएका ४६ वर्षीय रमेशकुमार गुप्ताको नेपाली १ लाख ३४ हजार रुपैयाँ र भारतीय ८हजाररुपैयाँसिद्धिकीलेचोरी गरी फरार भएको भन्ने खबर प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा गुलरीया नगरपालिका(६ बाट उनलाई फेला पारी पक्राउ गरेको हो ।
उनको साथबाट नेपाली ८१ हजार५ सय रुपैयाँ र मोबाइल २ थान समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमाप्रहरीले आवश्यकअनुसन्धान गरिरहेकोछ ।
तपाईको प्रतिक्रिया