चरा तथा वातावरण सरक्षणकर्मी कपिलवस्तुमा

समाचार

12/19/2019

कपिलवस्तु, ४ पुस । नेपालमा वन वातावरण तथा चरा संरक्षणमा लागेका ७ प्रदेशका ५० बढी अभियानकर्मी प्रतिनिधिहरू कपिलवस्तुको जगदिशपुर तालमा आएका छन् ।

नेपाल चरा सरक्षंण संजालको आयोजनामा ३ दिने राष्ट्रिय कार्यशालाको अवसरमा उनीहरू कपिलवस्तु नगरपालिकामा रहेको विश्व सिमसार क्षेत्रमा रहेको जगदिशपुर तालमा पुगेका हुन् ।

जगदिशपुर ताल बहुसरोकार मंच कपिलवस्तुको समन्वयमा चरा सम्बन्धी काम गर्ने संस्था नेपाल पक्षीं सरक्षणको व्यवस्थापनमा ३ दिने कार्यक्रम सूरूवात भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दे प्रदेश नं ५ का वन वातावरण तथा पर्यटनमन्त्री लिला गिरीले वातावरण संरक्षण र जैविक विविधता कायम गर्नको लागी प्रदेश सरकार लागेको बताए ।

साथै स्थानीय वन,पोखरी, ताल,मन्दिर जस्ता स्थानहरूको सरक्षण गर्नको लागी स्थानीय तह, स्थानीय नागरिक र प्रदेश सरकार लाग्नु पर्ने र त्यसमा सरकार सहकार्य गर्न तयार रहेको बताए ।

साथै पर्यटन वर्ष २०२० लाई सफल पार्न आम नागरिक लाग्नुपर्ने र काम गर्दा सकै मिलेर काम गर्ने वातावरण वनाउन समेत मन्त्री गिरीले आग्रह गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ