वीरगन्ज, १४ कार्तिक । छठपर्वको पूर्वसंध्यामा नेकपा आबद्ध महिला नेत्री सिता पटेलद्वारा १५० जना असहाय महिलाहरूलाई छठपुजाको सामग्रीहरू बाँडिएको छ ।
वीरगंजको त्रिमुर्ती हल अगाडी रहेकी महिला नेत्री सिता पटेलले आफ्नै बास स्थानको प्रांगणमा महिलाहरूलाई आमन्त्रित गरी बोलाइएकोहरूलाई साडी, नारियल, सुपली, सुजी, आँटा, लगायतका पुजन सामाग्रीहरू दिइएको थियो ।
प्रत्येक वर्ष छठपर्वको अवसरमा नेकपा नेत्री सिता पटेलले यस्ता असहाय महिलाहरूलाई छठ सामग्री दिँदै आएको यो आठौं वर्ष भएको सिता पटेलले बताएकी छिन् ।
छठ पर्वको पुजा सामग्री वितरण कार्यक्रममा नेकपा आबद्ध महिला नेत्री सिता पटेल, मधेश आन्दोलनका चर्चित महिला नेत्री अनिता रौनीयार र बिट्टु कुमारी सिंह लगायतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया