राम नारायण पंडित, सिरहा, २८ कार्तिक । उदाउँदो सुर्यलाई अध्र्य दिँदै श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व विधिबत रुपमा सम्पन्न भएको छ ।
कात्तिक शुक्ल चौथी देखि सप्तमीसम्म विभिन्न बिधिपुर्वक मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरुले व्रत सङ्कल्प गरी स्नान गरेर चोखो नितो खाएका थिए ।
पहिलो दिनको यो विधिलाई स्थानिय बोलीचालीको भाषामा ‘नहाय–खाय’ भनिन्छ । मुलतः सूर्यदेवको उपासना गरिने छठ पर्वको दोस्रो दिन पञ्चमी तिथिमा व्रतालुले दिनभरी निराहार व्रत बसी राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि गरेका थिए ।
त्यस्तै, षष्टी तिथीको दिन अर्थात मंगलबार संध्याकालिन र आज (बुधबार) प्रभातकालिन सुर्यको अर्घ दिएपछि चार दिवसीय छठ पर्र्ब बिधिवत रुपमा समापन भएको छ ।
तपाईको प्रतिक्रिया