छानविन समितीको कार्यशैली उपयुक्त भएनः प्रम ओली

समाचार

7/23/2019

काठमाडौं, ७ साउन, प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितताको छानविन सम्बन्धमा गठन भएको समितीको कार्यशैली उपयुक्त नभएको बताएका छन् ।
प्रतिष्ठानको तेस्रो सभा बैठकलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

समितिले प्रतिवेदन सबभन्दा पहिला कुलपतिलाई बुझाउनु पर्ने मा सामाजिक सञ्जालमा देखिनु राम्रो नभएको बताउँदै ‘यो प्रतिवेदन हो कि राजनीति’ भन्ने प्रश्न ओलीले गरेका छन् । ‘समितिका सदस्यहरु छानविन गर्न जानुभएको हो की राजनीति गर्न ? जिम्मेवारी लिनेहरुले आफ्नो कर्तव्य दायित्वलाई ख्यालमा गर्नुपर्दछ’ भन्दै ओलीले समितिको यस्तो कार्यशैलीले प्रतिवेदनको विश्वसनियतामा प्रश्न उठेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले उक्त सभा बैठकमा बोल्दै प्रतिवेदन कुलपतिलाई बुझाउनु भन्दा पहिला अन्यत्र बुझाएर दबाब सृजना गर्न खोजिएको छ तर त्यस्तो दबाबमा नपरी सत्यतथ्य बुझेर मात्र अघि बढ्ने कुरा समेत बताएका छन् ।
प्रतिष्ठानमा अनियमितता भएको बिषयमा सरकारले जेठ ३० गते एक समिती गठन गरेको थियो । समितीको हवाला दिंदै प्रतिष्ठानकी उपकुलपति प्राध्यापक डा.संगीता भण्डारीलाई कारबाही गर्न सिफारिस गरिएको प्रतिवेदन विभिन्न सञ्चार माध्यमले प्रकाशन गरेका थिए ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ