छलफल गर्न प्रचण्ड भारत जाने

समाचार

0000-00-00

काठमाडौं, १८ मंसिर । कालापानी विवादको विषयमा छलफलका लागि भारतले पठाएको प्रस्तावको सन्दर्भमा नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डलाई पठाउने तयारी भइरहेको छ ।

यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विदेश विभाग प्रमुख समेत रहेका माधवकुमार नेपाललाई भारत पठाउनका लागि प्रस्ताव गरेका थिए ।

तर, नेपालले मेसेडोनिया जानुअघि फर्किएपछि कुरा गरौंला मात्र भने । नेपाल जान नचाहेको बुझाईका आधारमा ओलीले प्रचण्डसँग गम्भीर छलफल गरेका छन् ।

स्रोतका अनुसार प्रचण्डले भारतबाट निम्तो आएमा आफू जान तयार भएको बताएका छन् । भारतीय पक्षबाट औपचारिक निम्तो आएका प्रचण्ड नै भारत जाने बुझिएको छ ।

भ्रमण भएमा उनले कालापानीको विषय र नयाँ नक्शामा भारतले कालापानी देखि लिम्पियाधुरासम्मलाई आफ्नो राजनीतिक भूगोलमा राखेकोबारे नेपालको धारणा र समस्या समाधानबारे छलफल गर्ने बुझिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ