जिउँदा सुन गोहोरोसहित धिमाल पक्राउ

समाचार

8/19/2019

मोरङ, २ भाद्र । सुनवर्षी नगरपालिका–८ हर्चगढीबाट जंगली सकुशल अवस्थाको जिउँदा सुन गोहोरो १२ वटा सहित पथरी शनिश्चरे नगरपालिका(६ बस्ने ५९ वर्षीय जस बहादुर धिमाललाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले शनिबार सिक्टीबाट डायनियातर्फ जाँदै गरेका साइकलयात्री जाँच गर्ने क्रममा प्लाष्टिकको बोरामा ल्याई राखेको उक्त सुन गोहोरोसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

धिमाललाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय मोरङ विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ