रुपन्देही, १२ जेठ । जिल्लाको सैनामैना नगरपालिकाले गाउँ ब्लकमा रहेका जग्गाको जग्गाधनी प्रमाणपत्र वितरण शुरु गरेको छ ।
नगरपालिकाले नापी विभाग रुपन्देहीको सहकार्यमा लालपुर्जा वितरण शुरु गरेको हो । आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पदमा अर्याल, नेकपाका महासचिव विष्णुप्रसाद पौडेल, नगर प्रमुख चित्रबहादुर कार्की, नापी विभागका महानिर्देशक प्रकाश जोशीले संयुक्त रुपमा लालपुर्जा वितरण गरेका थिए ।
आइतबार मात्रै करिब चार सय ६५ लालपुर्जा वितरण गरिएको नगर प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया