जग्गा कीर्ते गर्ने महन्त सार्वजनिक

समाचार

12/7/2018

जनकपुर२० मंसिर । संस्कृत विश्वविद्यालयअन्तर्गतको हजारी जनक विद्यापीठको अर्बौं रुपैयाँको जग्गा कीर्ते जालसाजी गरेर बेचेको अभियोगमा पक्राउ परेका रत्नसागर मठका महन्त बैकुण्ठ तिवारी भनिने बैकुण्ठ दास वैष्णवलाई जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको छ ।

काठमाडौंको बागबजारबाट पक्राउ परेका उनलाई प्रहरीले हवाईजहाजमार्फत जनकपुर ल्याई सार्वजनिक गरिएको हो । दासले नक्कली लालपुर्जा बनाएर बेचेको र सो जग्गा आफ्नो रहेको दाबी गर्दै उल्टै अदालतमा मुद्दा दिएपछि उनी आफैँ फसेका हुन् ।

केही दिनअघि पक्राउ परेका आफ्ना सहयोगी जनकपुरधाम उप–महानगरपालिका–२३ का अशोक शर्माको बयानका आधारमा सरकारी छाप दस्तखत किर्ते गरेर गुठीको जग्गा बिक्री गर्ने कार्यमा महन्तको संलग्नता रहेको खुलेको थियो । त्यसलगत्तै महन्त बैकुण्ठ दासलाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले वारेन्ट जारी गरेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ