जनकपुरधाम, २ मंसिर । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले उपमहानगरपालिका भित्रमा आफ्नै वडा कार्यालय तथा शौचालय निर्माण कार्य प्राथमिकता रहेको बताएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ को वडा कार्यालयको उद्घाटन समारोहमा मेयर साहले जनताको कामकार्य सहज र सुलभ किसिमले गर्नका लागि आफ्नै वडा कार्यालय र प्रत्येक वडामा डिलक्स शौचालय निर्मण गर्ने पहिलो लक्ष्य रहेको जिकिर गरेका छन् ।
वडा अध्यक्ष जगरनाथ साहको अध्यक्षतामा भएको समुद्घाटन समारोहमा मेयर साहले तत्काल ३० वटा शौचालय निर्माण गर्नुपर्नेछ । त्यसका लागि टेण्डर लागेको थियो ।
तर केही कारणवश निर्माण कार्य हुन नसकेको बताएका छन् । उद्घाटन कार्यक्रममा उपमेयर रिता कुमारी मिश्र, गौ संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठ सहितका व्यक्तिहरुले आफ्ना विचार राखेका थिए । वडा कार्यालय ६ धूर जग्गामा ३ वटा कोठा, बाथरुम रहेको छ ।
तपाईको प्रतिक्रिया