जनकपुरधाम, ६ मंसिर । ‘आफ्नो संस्कृति, आफ्नो पहिचान’ नारासहित जनकपुरमा अन्तर्राष्ट्रिय नाट्य एवं लोककला महोत्सव शुरु भएको छ ।
विजयलक्ष्मी मिडिया फाउन्डेशन र सोच नेपालद्वारा आयोजित सो महोत्सवमा नेपाल र भारतका नाट्य संस्था एवं लोक कलाकर्मीको सहभागिता रहेको छ ।
महोत्सवमा भारतको कोलकोता, जलपाइगुडी, हैदराबाद, मुज्जफरपुर र सिद्धि एवं नेपालको मिथिला कला नाट्य परिषद्, सोच नेपाल, रङ्ग दर्पण नाट्य संस्था तथा सन्तोषलाल दास, रामेश्वर साह, रितेश पाटिल लगायतका कलाकारको प्रस्तुति हुने जानाइएको छ ।
तपाईको प्रतिक्रिया