जानकी आँखा अस्पतालद्वारा निःशुल्क आँखा शिविर

समाचार

9/9/2019

जनकपुरधाम, २३ भाद्र । जानकी आँखा अस्पताल जनकपुरधामले नेपाल–भारत सीमानजिक रहेको विदेह नगरपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।

अस्पतालको सम्पूर्ण सहयोग तथा खुल्ला सीमा संवाद समूह जनकपुरधामको सहजीकरणमा विदेह नगरपालिका वार्ड नम्बर २ दुहबीस्थित श्री शंकर जनता माध्यमिक बिद्यालयमा सोमबार निःशुल्क आँखा शिविर संचालन गरिएको हो ।

सो निःशुल्क आँखा शिविरमा तीन सयभन्दा बढी बिरामीको उपचार गरिएको जनाइएको छ ।

जसमा एक सय ६० जना छिमेकी मित्रराष्ट्र भारतका र एक सय ४९ जना नेपालका विरामीको उपचार गरिएको हो ।

बिरामीमध्ये मोतिबिन्दुको बिरामी ८४ जना फेला परेका छन् । शिविरमा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

मोति बिन्दु भएको बिरामीलाई जनकपुरधाम जानकी आँखा अस्पताल लगी निःशुल्क अपरेसन गराइ आवश्यक भएको औषधि र चस्मा समेत प्रदान गरिने खुल्ला सीमा सम्वाद समूहका अध्यक्ष राजीव झाले मधेशवाणीलाई जानकारी दिए ।

साथै अपरेसनका लागि जनकपुरधाम आउने एक तर्फको भाडा पनि निःशुल्क रहने छ । खुल्ला सीमासँगै रहेको भारतीय गाउँहरु जानकीनगर, खौना, छतौनी, करुणा, बिशौल, जोंकी, महिनाथपुरसहित नेपाल तर्फ दुहबी, गोबराही, करमाही, जोगियारा, ठाढी, महिनाथपुर, चिकना बैदेही लगायतको गाउँका आँखाका रोगीहरु उपचार गराइ लाभान्वित भएका छन् ।

जानकी आँखा अस्पताल जनकपुरबाट डा. प्रदिप यादव, प्राविधिक मनोज तिवारी, ललन कुमार मण्डल, संस्थाको तर्फबाट अध्यक्ष राजीव झासहित दिपक चौधरी, पप्पु यादव, विशेश्वर सहनी, उमेश सहनी, भागमुनी यादब, दुर्गेश कुशियैत, महेन्द्र यादव, स्कुलको प्रअ धनिक लाल ठाकुर, शिक्षक गोविन्द चौधरी, राजकुमार कपैर, प्रमोद यादव, राजकुमार चौधरी लगायतहरुको सक्रिय सहयोगमा शिबिर भव्यताको साथ समापन भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ