छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु 

समाचार

11/21/2019

 कैलाली, ५ मंसिर । गोदाबरी नगरपालिका–२ स्थित पहाडरोडमा से–१ ज ७३९ नम्बरको जिपको ठक्करबाट सोही ठाउँ बस्ने पैदलयात्री ३४ वर्षीय देबराम टमाटाको मृत्यु भएको छ ।बुधबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका टमाटाको पद्ममा अस्पताल हुँदै थप उपचारको लागि सेती प्रादेशीक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता अर्घाखाँचीको भुमिका स्थान नगरपालिका–५ स्थित सडकमा लु,१ ज ४१६८ नम्बरको जिपले बुधबार साँझ सोही ठाउँ बस्ने ७९ वर्षीया बिष्णुकुमारी श्रेष्ठलाई ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको छ ।

त्यस्तै कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–३ मर्दीखोलास्थित सडकबाट बुधबार दिउँसो ग १ त ३४७३ नम्बरको ट्याक्टर करिब ५० मिटर तलखस्न गई दुर्घटना हुँदा ट्याक्टरले च्यापिएर ट्याक्टर काचालक पर्सा घर भई हाल माछापुच्छ्रे गाउँपालिका-३ घाचोक बस्ने ४७ वर्षीय नरेन्द्र सिंह बस्नेतको घटनास्थलमै मृत्यु भएको छ ।

भने पर्साको वीरगंज महानगरपालिका–३२ ज्योती फर्मस्थित सडकमा ना, ५ च ७१५ नम्बरको बलेरो पिक अपले ना १ प ४६८९ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा गम्भीर घाईते भएका मोटरसाइकल चालक सोही महानगरपालिका–३० बस्ने २९ वर्षीय अफ्ताब आलम अन्सारीको उपचारको लागि नारायणी अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

हाल फरार रहेका उक्त बलेरोका चालकलाई प्रहरीले खोजतलास गर्नुका साथै दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ