जानकी महोत्सवलाई राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्छ : मुख्यमन्त्री राउत

समाचार

5/13/2019

जनकपुरधाम, ३० बैशाख । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले धार्मिक तथा साँस्कृतिक सम्पदाहरुको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

जानकी नवमीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले राष्ट्रिय विभूति समेत रहेकी माता जानकीको जन्मोत्सवलाई राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्ने भएपनि संघीय सरकारले विदा नदिएपछि प्रदेश सरकारले विदा दिएर प्रादेशिक पर्वको रुपमा अघि सारेको उल्लेख गरे ।

माता सीताको जन्म प्रसंगबारे उल्लेख गर्दै मुख्यमन्त्री राउतले त्रेता युगमा राजा जनकले प्रजाहरुको हितका लागि हलो समेत चलाउनु भएको उनको ती महान कार्यबाट आजको राजनेताहरुले प्रेरणा लिनु पर्ने बताए ।

मुख्यमन्त्री राउतले प्रदेश नं. २ को विकासको मूल आधार रहेको धार्मिक पर्यटनको विकासका लागि प्रदेश सरकारले प्रदेश भित्रका धार्मिक महत्वका सबै मठ मन्दिरको संरक्षण सम्बद्र्धनमा आगाडी बढेको उल्लेख गरे ।

उनले यसै आर्थिक वर्षभित्र सम्पन्न हुने गरि जानकी मन्दिर सौन्दर्यीकरणको काम शुरु भएको र अगामी आर्थिक वर्षमा प्रदेश भित्रका अन्य धार्मिक स्थलहरुको सौन्दर्यीकरणको काम शुरु गरिने जानकारी गराए ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रपति विद्या देवी भण्डारी रहेकी थिइन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ