‘जनताको लाशमाथि टेकेर संविधान जारी गरेको दिन राष्ट्रिय दिवस हुन सक्दैन’

समाचार

9/22/2019

विराटनगर, ४ असोज । समाजवादी पार्टीका कार्यबाहक अध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य राजेन्द्र प्रसाद श्रेष्ठले २०७२ असोज ३ गते सिंगो देशलाई ब्यारेकमा रुपान्तरण गरेर, संविधान सभा भवन वरीपरी कर्फ्यू लगाएर संविधान जारी गरेको बताउँदै ५ दर्जनभन्दा जनताको लाशमाथि टेकेर संविधान जारी गरेको दिन राष्ट्रिय दिवस हुन नसक्ने बताएका छन् ।

उनले यो कुरा समाजवादी पार्टीले विराटनगरमा आयोजना गरेको संविधान संशोधनको अपरिहार्यता र आवश्यकता विषयक अन्तर्क्िरया कार्यक्रममा बताएको हो ।

कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले जुन संविधान जारी गर्दा जनताले ब्लाय्कआउट गरे त्यो दिन राष्ट्रिय दिवस कसरी हुन सक्छ भन्ने प्रश्न गर्दै भने, अमेरिकामा सबै जनता एकजुट भएर स्वतन्त्रता संग्राम जितेको ४ जुलाई १७७६ को दिनलाई राष्ट्रिय दिवसको रूपमा मनाउँछ भने जर्मनमा पहिला देश संघीयतामा गएको दिन तथा पछि आएर पूर्वी जर्मन र पश्चिम जर्मन एकीकृत भएको दिन ३ अक्टोवर १९९० को दिनलाइ राष्ट्रिय दिवसको रूपमा मनाउने गरेको बताउँदै नेपालमा पनि जनताको विजय भएको दिन वैशाख ११ गते वा देशमा गणतन्त्र आएको दिन जेठ १५ गतेलाई राष्ट्रिय दिवसको रूपमा मनाउनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ