जन्तीलाई स्वागत गर्न राष्ट्रपति भण्डारी जनकपुरधाममा

समाचार

11/29/2019

जनकपुरधाम, १३ मंसिर । सीताराम विवाहपञ्चमी महोत्सवमा अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरधाम आएकी छन् ।

विवाहपञ्चमीअन्तर्गत आज चौथो दिन तिलकोत्सव मनाईंदै छ ।

यसका लागि लागि अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरधाम आएकी हुन् ।

आज रङभूमी मैदानमा एक कार्यक्रमका बिच राष्ट्रपति भंण्डारीले जन्तीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ ।

जन्तीलाई स्वागत कार्यक्रमपछि राष्ट्रपति भण्डारीले आफ्नो मन्तव्य दिने कार्यक्रम पनि रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ