काठमाडौँ, असार १९ :जनता बैंक र ओम हस्पिटलबीच विभिन्न सेवामा १० प्रतिशत छुट हुने गरी सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुले डाक्टरसँगको कन्सलडेशन, औषधि विल, डिस्पोजवल, प्रत्यारोपण सामग्री र विशेष प्याकेजहरुबाहेकका सेवामा छुट पाउने गरिसम्झौता भएको हो । उक्त सम्झौताअनुसार जनता बैंकका ग्राहक तथा कर्मचारीहरुले जनता बैंकको भिसा डेबिट कार्ड स्वाइप गरेर पनि उपलब्ध अफरको लाभ लिनसक्ने अस्पतालले जनाएको छ ।
सम्झौतामा प्रबन्धक संचालक बाबुकाजी कार्की तथा संचालक समिति सदस्य तथा जनसम्पर्क निर्देशक हरीप्रशाद पाठकले तथा तथा जनता बैंकका प्रबन्धक सुरेश गोतम र महेन्द्र खतिवडाले हस्ताक्षर गरेका छन् ।
तपाईको प्रतिक्रिया