नेपालगन्ज, ११ असोज । जनमत पार्टी बाँकेले दशैंको शुभकामना तथा कार्यकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार जनमत पार्टी बाँकेको आयोजनामा गरिएको कार्यक्रममा प्रमुख अतिथि जनमत पार्टीका केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज इरफान अहमद शेष थिए भने कार्यक्रम राजितराम बर्माको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा स्वतन्त्र मधेश गठबन्धनको कार्यक्रमहरु अभियान चलाउँदा राज्यद्वारा गिरफ्तार गरिएका नेता कार्यकर्ताहरुको दोसल्ला तथा फूलमाला लगाइ सम्मान गरिएको थियो ।
कार्यक्रममा शहीद राम मनोहर यादवको फोटोमाथि फूलमाला प्रमुख अतिथिद्वारा लगाइ अगाडी बढाइएको थियो ।
कार्यक्रम उद्घोषण कार्य जनमत का नेता अनवर खान आजादले गरेका थिए ।
कार्यक्रममा सम्मानित हुने स्वराजीहरु जनमतका नेता इरफान अहमद शेष, स्वराजीहरु राजितराम बर्मा, प्रदिप गडाडिया, अनवर खान, दिपक पासी, केदार बर्मा, जाबिर हल्वाइ,हेमराज धोवी, एंव अन्य स्वराजिहरु रहेका थिए ।
कार्यक्रममा स्वागत मन्तब्य देवराज मौर्याले गरेका थिए । मन्तब्यकै क्रममा धेरै बक्ताहरुले मन्तब्य राख्दै संगठन बलियो कसरी बनाउने बारे धारणा राखेका थिए ।
प्रमुख अतिथि नेता शेषले विभिन्न धारणाहरु माथि आफ्नो धारणा ब्यक्त गर्दै आगामी दिनमा संगठन निर्माण सम्बन्धि तालिम नै चलाएका थिए, घन्टौको मन्तब्य दिदैं बडा दशैंको शुभकामना दिएका छन् ।
नेता शेषले कुनै पनि हालतमा मधेशको मुक्ति गराउने कार्यकर्ता माँझ धारणा राखेका थिए । नेता शेषले कार्यक्रम पश्चात् तत्कालै समीक्षा बैठक पनि गराएका छन् ।
अहिलेसम्म गरिएको कामको साथसाथै सबैको गुनासो समेत सुन्दै सबैको सवालको जवाब दिएका छन् । आउने दिनमा भन्डाफोर कार्यक्रम संचालन गर्ने समेत जानकारी नेता शेषले दिएका छन् । अब गाँउगाँउबाट नेताहरुको भन्डाफोर कार्यक्रम गर्ने जनाएका छन् ।
तपाईको प्रतिक्रिया