जनमत बाँकेको जिल्ला बैठक सम्पन्न

समाचार

9/25/2019

नेपालगन्ज, ८ असोज । डा.सीके राउत नेतृत्वको जनमत पार्टीको बाँके जिल्ला समितिको बैठक सम्पन्न भएको छ ।

बुधबार सम्पन्न बैठकले जनमत पार्टीले विभिन्न निर्णयहरु समेत सार्वजनिक गरेको छ ।

गिरफ्तारी दिएका कार्यकर्ताहरुलाई सम्मान गर्ने, नवरात्री पर्व २०७६को शुभकामना तथा कार्यकर्ता प्रशिक्षण गर्ने, आगामी दिनमा संगठनको कार्यक्रम गर्ने र विविध विषयमा सो बैठक निर्णयहरु गरेको छ ।

बैठक जिल्ला संयोजक एंव केन्द्रीय सदस्य इरफान अहमद शेषको अध्यक्षतामा बसेको थियो ।

कार्यक्रममा विभिन्न विषयवस्तुमा छलफल भएको जानकारी कार्यालय सचिव देवराज मौर्याले गराएका छन् ।

बैठकमा विभिन्न प्रस्तावहरु माथि छलफल गरि निर्णय लिइएको तथा नीतिनियम बारे जानकारी नेता शेषले गराएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ