मोरङ, ११ असोज । उर्लावारी नगरपालिका–७ स्थित सडकमा जीपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
बा.१६ च ५५३२ नम्बरको स्कार्पियो जिपको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री तेह्रथुम लालिगुराँस नगरपालिका–९ बस्ने ३६ वर्षीया पुजा रम्तेलको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको छ ।
जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया