जीपको ठक्करबाट महिलाको मृत्यु

समाचार

7/1/2019

कैलाली, १४ असार । गोदावरी नगरपालिका-८ मझगाउँस्थित सडकमा शुक्रबार दिउँसो से.१ च १५३६ नम्बरको जीपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

गम्भीर घाइते भएका पैदलयात्री सोही नगरपालिका ९ सेरी बस्ने ३० वर्षीया मनसरा खडायतको सेती अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

साथै सोही जीपको ठक्करबाट घाइते भएकी ४० वर्षीया सिमा बिकको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको छ । जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ