काठमाडौँ, २ असोज । कलाकार सुनैना ठाकुरको एकल मिथिला चित्रकला प्रदर्शनी जापानको टोकियोमा भइरहेको छ ।
भदौ २७सुरु भएको सो प्रदर्शनी एक महिनासम्म सञ्चालन हुनेछ । जापानमा रहेकी कलाकार ठाकुरका अनुसार, प्रदर्शनीमा प्रदर्शनीमा महिला हिंसा, महिला शक्तिकरण, समानता, अधिकार, शान्ति र समृद्धिलगायत विषयवस्तुमा तयार पारिएका ४० थान चित्रकला रहेका छन् । चित्रकलाका साथै प्रदर्शनीमा हस्तकलाका सामग्रीहरु समेत छन् ।
त्यस्तै मिथिला चित्रकला पेन्टिङ गरिएका टिसर्ट, ब्याग, रुमाललगायत वस्तुहरुसमेत प्रदर्शनीमा राखिएका छन् ।
मिथिला कलामार्फत् महिला सशक्तिकरण, लैङ्गिक समानता र अधिकारको क्षेत्रमा योगदान प¥ुयाए वापत कलाकार ठाकुरले केही दिनअघि मात्रै ५० हजार रुपियाँ राशिको सङ्गति ग्राण्ट अवार्ड प्राप्त गरेकी हुन ।
यसअघि कलाकार ठाकुरले लोककलातर्फ राष्ट्रिय ललितकला पुरस्कार, अमेरिकाबाट कमन ग्रायण्ड अवार्डलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरिसकेकी छन् ।
अमेरिका, श्रीलङ्का, भारतमा समेत एकल तथा सामुहिक चित्रकला प्रदर्शनी गरेकी कलाकार ठाकुरले जनकपुरमा मिथिला आर्ट ग्यालरी र प्रशिक्षण समेत सञ्चालन गर्दै आएकी छन् ।
तपाईको प्रतिक्रिया