जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

समाचार

7/7/2019

कपिलवस्तु, २१ असार । यशोधरा गाउँपालिका बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा यशोधरा गाउँपालिका ८ बासखोर बस्ने २२ वर्षीय रमेश कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ । निज रमेश र सोही गाउँपालिका १२ बस्ने २२ वर्षीय करन कोहारले बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मर्यादापुरबाट खटिएको प्रहरीले रमेशलाई पक्राउ गरेको हो । घटनामा संलग्न हाल फरार करनको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ