जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

समाचार

4/30/2019

धनुषा, १७ वैशाख । मिथिला बिहारी नगरपालिका–५ ललिया टावर टोल बस्ने २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही स्थान बस्ने २५ वर्षीय जिवछ कुमार दासलाई प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लिलियाबाट र ईलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरीले दासलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ