जबरजस्ती करणी गर्ने तीन जना पक्राउ

समाचार

10/2/2019

सुनसरी, १४ असोज । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका–१२ बस्ने ३३ वर्षीय बिकास कसई लगायत ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई धरानबाट को.१ ख ४६२६ नम्बरको बसमा चढाई ईटहरी उपमहानगरपालिका–९ स्थित सडकको साईडमा ल्याई गाडी चालक निज बिकास सहित ५ जनाले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

घटनामा संलग्न अन्य २ जना हाल फरार भएकाले प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ