कैलाली, १० साउन । गोदावरी नगरपालिका १ स्थित सोही ठाउँ बस्ने ३५ वर्षीय डबल खड्काको खप्तड होटल रेष्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
खड्का समेत ९ जनालाई ३ बुक तास र नगद २ लाख ३१ हजार ८ सय ३० रुपैयाँ सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया