बारा, ४ साउन । जितपुर सिमरा बस्ने १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जितपुर सिमरा उपमहानगरपालिका–१६ टागिया बस्ती बस्ने ३० वर्षीय हिरामान मोक्तानलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरीलाई मोक्तानले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया