जीवराज आश्रितको जीवनीसँग जोडिएका वस्तुहरुको संग्रहालय सञ्चालन

समाचार

8/4/2019

रुपन्देही, १९ साउन । दासढुंगा दुर्घटनामा ज्यान गुमाएका तत्कालीन नेकपा एमालेका नेता जीवराज आश्रितको जीवनीसँग जोडिएका वस्तुहरुको संग्रहालय बुटवलमा सञ्चालन भएको छ ।

वि.सं. २०५० सालमा दासढुंगा दुर्घटनामा मदन भण्डारीसहित आश्रितको मृत्यु भएको थियो । उनी तत्काली एमालेको संगठन विभाग प्रमुख थिए ।

आश्रित प्रतिष्ठानले आश्रितको ७५ औं जन्मजयन्तीको अवसर पारेर संग्रहालय सञ्चालनमा ल्याएको छ । आश्रित र उनको जीवनसँग जोडिएका विभिन्न सामग्रीहरु राखेर संग्रहालय स्थापना गरिएको हो ।

बुटवल उपमहानगरपालिका–७ स्थित आश्रित प्रतिष्ठान भवनमा रहेको संग्रहालयमा आश्रितसँग सम्बन्धित सामग्रीसँगै मानव विकास क्रम, पर्यटकीय स्थल, नेपाली समाजको विविध जातजातिका भेषभुषा, कला संस्कृति र परम्परासंग सम्बन्धित सामग्री,पर्यटकीय स्थल सजावट गरेर राखिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ