झापामा गाँजासहित दुई जना पक्राउ

समाचार

11/5/2019

झापा, १८ कार्तिक । झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गौरीगंज गाउँपालिका–४ बस्ने बुद्धलाल राजबंशीको कोठाबाट अवैध लागूऔषध गाँजा २ किलो १ सय २५ ग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय गौरीगंजबाट संयुक्त रुपमा खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी गौरीगंज गाउँपालिका–३ बस्ने ५७ वर्षीय देव नारायण महतोको घरबाट अवैध लागूऔषध गाँजा ५ सय ग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय गौरीगंजको संयुक्त रुपमा खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ