रुपन्देही, १६ मंसिर । बुटबल उपमहानगरपालिका–१२ कलुवास्थित पूर्व–पश्चिम राजमार्गमा बिग्रिएर रोकी राखेको भे.१ क १४४८ नम्बरको टिपरमा ना.४३ प ३३४६ नम्बरको मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ ।
आइतबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सैनामैना नगरपालिका बस्ने २९ वर्षीय दिपक पन्थ र ३१ वर्षीय नविन कडेंलको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया