सर्लाही, २० कार्तिक । लालबन्दी नगरपालिका–१७ कालिञ्जोरपुलस्थित सडकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको ज्यान गएको छ ।
ना.८ ख ६२७० नम्बरको टिपरले ना.४६ प २५८२ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका–१४ बस्ने २६ वर्षीय दिपेन महतोको घट्नास्थलमै मृत्यु भएको छ ।
हाल फरार रहेका टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया