मिर्चैयामा टिपर आतंक विरुद्ध सडक अवरुद्ध

समाचार

4/25/2019

राम नारायण पंडित, सिरहा, १२ वैशाख । सिरहाको मिर्चैया स्थित स्थानीयले सडक अवरुद्ध पारेका छन् । विहान ८ बजेदेखि करीब ३ घण्टा मिर्चैयाको कटारी चौकमा टिपर आतंक रोक्न माग गर्दै स्थानीयहरुले सडक अबरुद्ध गरेका हुन् ।

सिद्धिचरण राजमार्ग अन्तरगत मिर्चैया कटारी सडकखण्डमा ओभर लोड गरेर चल्ने टिपरले बाटोमा धुलो उडाएर वातावरण प्रदुषण गरेको स्थानीयहरुको आरोप छ । सयौंको संख्यामा दिनहुँ टिपर चलेपनि सडकमा नियमित रुपमा पानी समेत नहाल्दा यहाँको जनताको स्वास्थ्यमा नै खतरा उत्पन्न गरेकोले बाध्य भएर सडक अवरुद्ध गरेको स्थानीय संजिब यादवले बताए ।

टिपर आतंक रोकेर सडकमा पानी हाल्ने काम नगरे कडा आन्दोलन गर्ने समेत उनले चेतावनी दिए । ईलाका प्रहरी कार्यालय मिर्चैयाले सिमेन्ट फ्याक्ट्रीसँग समन्वय गरी समस्या समाधान गर्ने प्रतिवद्धता जनाएपछि अवरुद्ध सडक सुचारु भएको छ ।

मारुती, सौर्य र कसमस सिमेन्ट उद्योगका लागि चुन ढुङ्गगा बोक्ने दैनिक करीब १ हजारको हाराहारीमा टिपर यस सडकखण्डमा संचालनमा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ