टयाक्टरको ठक्करबाट एकको मृत्यु

समाचार

12/5/2019

धनुषा, १९ मंसिर । मिथिला नगरपालिका–२ जनकपुर ढल्केवरस्थित सडकमा ट्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

ज.१ त ५८८६ नम्बरको ट्याक्टरले बिहीबार बिहान ठक्कर दिँदा पैदलयात्री महोत्तरीकी २७ वर्षीया संगीता ठाकुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक हाल फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ