ट्याक्टरको ठक्करबाट पाँच वर्षीया बालिकाको मृत्यु

समाचार

11/26/2019

बाँके, १० मंसिर । डुडुवा गाउँपालिका–२ जब्बर पुरुवास्थित सडकमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

भे.१ त २८९६ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने सनम खाँककी ५ वर्षीया छोरी सालिया बेगम खाँको मंगलबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको नर्सिङहोम नेपालगञ्जमा उपचार क्रममा मृत्यु भएको हो ।

ट्याक्टर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ