ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

समाचार

9/28/2019

मोरङ, १० असोज । मोरङमा ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पथरी शनिश्चरे नगरपालिका–३ स्थित सडकमा को.२ त २८३२ नम्बरको ट्रयाक्टरले को.२६ प ४४६४ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक रतुवामाई नगरपालिका–१० सोमबारे बस्ने ४६ वर्षीय बिमल न्यौपानेको पथरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ