ट्याक्टर दुर्घटनामा एक महिलाको मृत्यु

समाचार

9/29/2019

रुपन्देही, १२ असोज । गैंडहवा गाउँपालिका–३ गोब्रौलीस्थित सडकमा लु.२ त ४३९३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

ट्याक्टर अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएकी ट्याक्टरमा सवार रुपन्देही गैडहवा गाउँपालिका–३ बस्ने ६० वर्षीया गायत्री थारूको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका अन्य १० जनाको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ । ट्याक्टर चालक हाल फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ