कैलाली, ३१ बैशाख । कैलालीमा ट्याक्टर अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ ।
टिकापुर नगरपालिका १ स्थित सडकमा से.१ त १६११ नम्बरको ट्याक्टर मंगलबार बिहान अनियन्त्रित भई पल्टिएको थियो ।
ट्याक्टर चालक जानकी गाउँपालिका ५ बस्ने ४० वर्षीय धन बहादुर चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया