ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

समाचार

4/30/2019

कैलाली, १७ बैशाख । लम्कीचुहा नगरपालिका–१ पूर्व लम्कीस्थित सडकमा कपिलवस्तु शिवराज नगरपालिका–३ बस्ने २५ वर्षीय सुनिल भण्डारीले चलाएको ना.७ ख ९२३३ नम्बरको ट्रकले मंगलबार बिहान ठक्कर दिँदा लम्कीचुहा नगरपालिका–१ बस्ने साइकलयात्री १९ वर्षीया सुनिता रावलको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनाको विषयलाई लिएर मृतकका आफन्तले पूर्व(पश्चि५म राजमार्ग अवरोध गरेकोले प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा भीडले ढुंगा प्रहार गर्दा नेपाल प्रहरीतर्फ ७ र सशस्त्र प्रहरी बलतर्फ ५ जना गरी १२ जना प्रहरी कर्मचारी र एक जना स्थानीयबासी घाइते भएका छन् ।

उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उक्त स्थानमा हाल अवस्था सामान्य रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ