ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

समाचार

7/1/2019

नवलपरासी पूर्व, १६ असार । कावासोती नगरपालिका ८ खरकटा जंगलस्थित सडकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

लु.२ ख १० नम्बरको ट्रकले लु.४९ प ३६२५ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देही देवदह नगरपालिका ७ का २७ वर्षीय मिलन भट्टराई र मोटरसाइकलमा सवार सोही स्थान बस्ने ३३ वर्षीय तारा पोख्रेलको मृत्यु भएको हो ।

दुबैको कालिगण्डकी अस्पताल कावासोतिमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुबै सवारी साधनसहित ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ