टि २० क्रिकेट टुर्नामेण्ट खेल सम्पन्न 

समाचार

11/1/2018

 वीरगञ्ज, १५ कार्तिक । युनिसन ग्रुप अफ स्कुल पर्साकोे आयोजनामा १७ औं टि २० क्रिकेट टुर्नामेण्ट २०७५ कोे खेल वीरगंजको नारायणी रंगशालाको क्रिकेट मैदानमा भएको टुर्नामेण्टको फाईनल क्रिकेट खेलको सिनियर तर्फ मनकामना मा.वि. र बिधा सदन मा.वि.बिच भएको प्रतियोगितामा मनकामना  मा.वि.ले २० ओभरमा ७ विकेट गुमार्ई ११४ रन बनाई बिजय भएको छ ।

 भने बिधा सदन मा.वि.ले २० ओेभरमा ७ विकेट गुमाई १०९ रन बनाउन मात्र सफल रह्यो । उक्त खेलमा म्यान अफ द म्याच मनकामना मा.वि.का आशिफ आलम घोषित भएका छन् ।त्यसै गरी जुनियर तर्फ माउण्ट हर्मन मा.वि.र होली एन्जल मा.वि.बिच भएको क्रिकेट खेल प्रतियोगितामा माउण्ट हर्मन मा.बि.ले २० ओेभरमा १० बिकेट गुमाई  १०३ रन  बनाई बिजय भएको थियोे । भने होली एन्जल मा.वि.ले २० ओभरमा ७ बिकेट गुमाई ९६ रन मात्र बनाउन सफल भएका थिए ।  उक्त खेलमा माउण्ट हर्मन मा.बि.का म्यान अफ द म्याच सदन दास घोेषित हुनु भएको थियो ।

सो १७ औं टि २० क्रिकेट टुर्नामेण्ट २०७५ को जिल्ला समन्वय समित पर्साका सभापति नेक महम्मद, बिशिष्ठ अतिथी जेष्ठ नागरीक पशुपति बिक्रम शाह, एन.प्याब्सनका प्रदेश सचिव नन्दन यादव लगायतका महानुभावहरुले खेलमा उत्कृृष्ट खेल प्रदर्शन गर्ने बेस्ट बैट म्यान माउण्ट हर्मन मा.बि.का साजन दास, बेस्ट फिल्डर सनराईज मा.बि.का सचिन सर्राफ, बेस्ट विकेट किपर माउण्ट हर्र्मन मा.बि.का सुबास पराजुली, बेस्ट बलर होली एन्जल मा.बि.का आशिष सर्राफ, म्यान अफ द सिरिज होलि एन्जल मा.बि.का आदिल अंसारी र सिनियर तर्फ बेस्ट बैट म्यान न्युे वेभ मा.बि.का राज कुमार चौधरी, बेस्ट फिल्डर होली एन्जल मा.बि.का नवल चौरसिया, बेस्ट बिकेट किपर होली एन्जल मा.बि.का राहुल चौरसिया, बेस्ट  बलर होली एन्जलका  बिजय यादब, म्यान अफ द  सिरिज बिधा  सदन मा.बि.का साहिल हवारी लगायत बिजेता टिमका खेलाडीहरुलाई समेत आज नारायाणी रङ्गशालाको क्रिकेट मैदानमा पुरुष्कार प्रमाण पत्र सहित शिल्ड प्रदान गरी सम्मानित गरेका थिए ।

त्यसैगरी टि २० क्रिकेट टुर्नामेण्ट २०७५ कोे खेलमा बिशेष योगदान प्रदान गर्नेलाई दोसल्ला ओढाउनुको साथै प्रमुख अतिथी लगाायत अतिथी महानुभावहरुलाई मायाको चिन्हो समेत आयोजकले कार्यक्रममा प्रदान गरेकोे थियो ।  
उक्त टि २० क्रिकेट टुर्नामेण्ट २०७५ कोे खेलको पुरस्कार बितरण कार्यक्रमका सभापति  युनिसन ग्रुप अफ स्कुल पर्साका पदाधिकारी पुरण प्रधानको सभापतित्वमा  कार्यक्रम सम्पन्न भयो । भने कार्यक्रम सञ्चालन होली एन्जल मा.वि.का प्रिन्सिपल अरबिन्द तिवारीले गरेका थिए । 

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ