वीरगंज, २५ भाद्र । बाराका हुरी प्रभावितहरुलाई डेंगुको संक्रमणबाट बचाउनका लागि झुल वितरण गरिएको छ ।
देशमा डेंगुको संक्रमण फैलिरहेको बेला बच्नका निम्ति बारा र पर्साका हुरी प्रभावितहरुलाई झुल वितरण गरिएको हो ।
बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ४ हरदिया टोलका दलित बस्तीका ५० जना हुरी प्रभावितहरुलाई झुल वितरण गरिएको थियो ।
नेपाल वायु सेवा निगममा कार्यरत विमान परिचारिकाहरुको समूहले झुल वितरण गरेको हो । यस्तै हरेक परिवारका महिलाहरुलाई एक–एक वटा सारी पनि वितरण गरिएको छ ।
देशमा बढदै गएको डेंगुको प्रकोपबाट बच्नका लागि हुरी प्रभावितलाई झुल वितरण गरिएको वायु सेवा निगम विमान परिचारिका समूहकी सदस्य प्रिया श्रेष्ठले जानकारी दिइन् ।
तपाईको प्रतिक्रिया