डुडुवामा अवधि भाषाको पाठ्यक्रम लागू हुने

समाचार

12/21/2018

नेपालगञ्ज, ४ पुस । बाँकेको डुडुवा गाउँपालिका अन्तर्गतका विद्यालयमा स्थानीय अवधि भाषामा विपद् व्यवस्थापनसम्बन्धी पाठ्यक्रम लागू हुने भएको छ ।

सेभ द चिल्डेनको सहयोगमा बाँके युनेस्को क्लब र गाउँपालिकाको संयुक्त पहलमा पाठयक्रम निर्माण गरिएको हो ।

नेपाली भाषामा राम इकवाल मण्डल, बद्रेआलम खा, गोपीचन्द्र वर्मा र मोहम्मद हुसेन खाको समूहले तयार पारेको पाठ्यक्रमलाई स्थानीय अवधि भाषामा राकेशकुमार मिश्रले अनुवाद गरेका छन् ।

बाढी, आगलागी, सर्पदंश, भूकम्प, शीतलहर, गर्मी, हुरी बतास, सवारी दुर्घटनालगायतका आठ वटा पाठ निर्माण गरी अनुवाद गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ