डुडुवामा जनमतको युवा संघ गठन

समाचार

7/7/2019

बाँके, २२ असार । युवा जनमत संघ बाँकेद्वारा डुडुवा गाउँपालिका २ मा २५ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।

कार्यक्रमको युवा जनमत संघ बाँके संयोजक अनवर खान आजादले शुरु गरेका थिए । उनले संगठनको बारेमा विभिन्न जानकारी गराएका थिए ।

कार्यक्रममा बुद्धिजीवी जनमत संघ बाँकेका संयोजक नेता मोहम्मद हुशेन शाह, विद्यार्थी जनमत संघ संयोजक रियाज अन्सारी, युवा जनमत संघ सचिव सदस्य देवराज मौर्या, केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज इरफान शेष तथा अन्य व्यक्तिहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ